नियम ७८
निरीक्षण दस्तुर
अदालतमा रहेको मिसिलहरू वा अरू किसिमले अन्य अड्डा अदालतबाट आएको

मिसिलहरू निरीक्षण गर्न चाहेमा देहायबमोजिमको दस्तुर लाग्नेछ:- (क) पक्षविपक्षवा निजको वारिसले दिएको निवेदनपत्रमा पाँच रूपैयाँ, (ख) मुद्दामा सरोकारवाला पक्ष विपक्षबाहेक अरूले दिएको निवेदनपत्रमा दश रूपैयाँ, (ग) पक्षविपक्षवा निजहरूको वारिसले तत्काल निरीक्षणको लागि निवेदनपत्र दिएमा दश (घ) मुद्दाको सरोकारवाला पक्षबाहेक अरूले तत्काल निरीक्षणको लागि निवेदनपत्र दिएकोमा बीस रूपैयाँ ।